site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आमसञ्चार विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट आमसञ्चार परिषद् विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत भएको छ ।

मंगलबार बसेको बैठकमा उक्त विधेयकमाथि सामान्य छलफल भएसँगै विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । 

Dabur Nepal
NIC Asia

त्यसअघि छलफलका क्रममा सांसदले विधेयकको औचित्यमाथि प्रश्न गरेका थिए । सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रेस काउन्सिल विधेयकले सञ्चार जगत्‌काे विद्यमान अवस्थालाई समेट्न नसकेकाले आमसञ्चार परिषद् विधेयक ल्याइएको बताए । 

उनले पुरानो विधेयकमा छापा मिडियालाई मात्रै केन्द्रित गरिएकोमा अब विद्युतीय सञ्चारमाध्यमलाई समेत व्यवस्थित गर्न नयाँ कानुन ल्याउन खोजिएको उल्लेख गरे । विधेयकमा सञ्चारमाध्यमको स्वनियमको व्यवस्था गरिएको उनले बताए । 

आमसञ्चार परिषद् विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएसँगै सांसदहरूले संशोधन प्रस्ताव दर्ता गर्न सक्ने व्यवस्था रहेको छ । प्रतिनिधिसभाको अर्को बैठक फागुन २१ गते बुधबार बोलाइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro