site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भ्रष्टाचारविरुद्धको अभियान रोकिँदैन : सांसद ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले भ्रष्टाचारविरुद्धको अभियान नरोकिने बताएका छन् । मंगलबार (फागुन १३) प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले एकजनालाई छेकेर भ्रष्टाचारविरुद्धको अभियान नछेकिने बताएका हुन् ।

“हामीले उठाएको भ्रष्टाचारविरुद्धको यो अभियान कसै एकजनालाई छेकेर छेकिनेवाला छैन,” उनले भने ।

Argakhachi Cement Island Ad

अकुत कमाएर सम्पत्तिको मादकतामा मस्त रमाएर बेहोस भएकाहरूलाई आफ्नो पार्टीले संसद्‌मा बहुमत पुर्‍याएको दिन ब्युँझाउने उनले उल्लेख गरे । “यसपटक संख्या पुगेन । संख्या पुगेको दिन अकुत कमाएर सम्पत्तिको मादकतामा मस्त रमाएर बेहोस भएकाहरूलाई बिउँझाउनेछौँ,” उनले भने ।

३५ वर्षमा अनेकौँ काण्ड मच्चाएर नागरिकको पसिना चुसेकाहरूको अकुत सम्पत्ति राज्य ढुकुटीमा ल्याइने उनको भनाइ थियो । “राणाकालमा अकुत कमाउनेको सम्पत्ति जसरी राज्य ढुकुटीमा आयो, राजाको सम्पत्ति जसरी राज्य ढुकुटीमा आयो, यो ३५ वर्षमा अनेकौँ काण्ड मच्चाएर नागरिकको रगतपसिना चुसेकाहरूको त्यो अकुत सम्पत्ति राज्य ढुकुटीमा ल्याउँछौँ,” उनले भने, “०८४ मा संख्या पुर्‍याउँछौँ, खबरदार !”

उनले वर्तमान सरकार भ्रष्टाचारीको संरक्षणमा लागेको आरोप समेत लगाए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्