site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परराष्ट्रमन्त्री डा. देउवा र स्विट्जरल्यान्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
Tiktok banner adTiktok banner ad

काठमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र स्विट्जरल्यान्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबीच आज जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ । 

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेकी मन्त्री डा. देउवा र स्विस विदेशमन्त्रीबीच साइडलाइन भेटवार्ता भएको हो । 

भेटका अवसरमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको थियो । सो भेटका अवसरमा मन्त्री डा. देउवाले नेपालको आर्थिक सामाजिक क्षेत्रका साथै नेपालको शान्ति प्रक्रियामा स्विस सरकारको सहयोग र सद्भावका लागि धन्यवाद ज्ञापन गरिन् । 

मन्त्री डा. देउवाले नेपाल संयुक्त राष्ट्रसंघको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद्को सदस्य एवं सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि स्विस सरकारलाई पनि आग्रह गरिन् । 
    
साथै उनले आगामी मे महिनामा नेपालले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य थिम बनाएर मुख्य शीर्षकमा सगरमाथा संवाद कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय समुदायलाई सामेल गराउने प्रयास गरेकाले त्यसमा सहभागिताका लागि स्विस सरकारलाई पनि आमन्त्रण गरिन् ।

अवसरमा मन्त्री डा. देउवाले नेपाल सन् २०२६ मा विकासोन्मुख राष्ट्रका रूपमा स्तरोन्नति हुने चरणमा रहेकाले आवश्यक सहयोगसहित दिगो विकास लक्ष्य हासिल गर्नका लागि नेपाललाई पर्नसक्ने आवश्यक सहयोगका लागि स्विस सरकारलाई पनि आग्रह गरिन् । 

मन्त्री डा. देउवाले जलवायु परिवर्तनले नेपालमा परेको असरबारे नेपालले आन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्यायका लागि वकालत गरिरहेकाले त्यसमा स्विस सरकारको सहयोगका लागि पनि अपिल गरिन् । 

सो भेटवार्तामा संयुक्त राष्ट्रसंघका लागि जेनेभास्थित नेपाली स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीलगायत पनि उपस्थित थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro