site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सशस्त्रकी इन्स्पेक्टर मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनको उजुरी, बनाइयो छानबिन समिति

काठमाडौं । सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरण छानबिन गर्न समिति गठन गरिएको छ । सशस्त्र प्रहरी बल मुख्यालयले छानबिन समिति बनाएको हो ।

राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति बनाइएको छ । छानबिन समितिले सोमबारै (फागुन १२)देखि काम थाल्नेछ । छानबिनका निम्ति समितिका अधिकारी कास्की जाने सशस्त्र प्रहरीका सहायक प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

इन्स्पेक्टर महत चार महिनायता सशस्त्र प्रहरीको पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा तालिमरत थिइन् । उनी शनिबार (फागुन १०) राति शिक्षालयकै शौचालयभित्र मृत भेटिएकी थिइन् ।

महतले ०७२ असोजदेखि सशस्त्र प्रहरी बलको जवानबाट सेवा सुरु गरेकी थिएन् । उनले ०७८ मा सशस्त्र सहायक निरीक्षक पदको खुलातर्फ नाम निकालेकी थिइन् । ०८१ मा उनले निरीक्षकमा नाम निकालेकी थिइन् ।

चार महिनायता निरीक्षकको तालिममा सहभागी महतले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । आत्महत्याको कारणबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कास्की प्रहरी स्रोतका अनुसार, महतले सशस्त्र प्रहरी बलकै एक इन्स्पेक्टरसितको प्रेम सम्बन्धमा खटपटका कारण आत्महत्या गरेको हुन सक्ने अनुमान छ । ती इन्स्पेक्टरविरुद्ध महतका आफन्तले कास्की प्रहरीमा आत्महत्या दुरुत्साहनको जाहेरी समेत दिएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro