site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘नकारात्मकताको जरो नै ओली, शून्यता चिर्न सक्छौँ’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष जगन्नाथ खतिवडाले देशमा नकारात्मकताको जरो नै प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएका छन् । शुक्रबार (फागुन ९)देखि जारी केन्द्रीय कमिटी बैठकका बारेमा जानकारी दिँदै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओली र सरकारले एकीकृत समाजवादीमाथि आक्रमण गर्ने प्रवृत्तिका विषयमा बैठकमा छलफल भइरहेको उनले उल्लेख गरे । पार्टीलाई सुदृढ र सबल बनाएर लैजाने बारेमा केन्द्रीय कमिटीमा एकमत रहेको उनले सुनाए ।

“...यो देशमा सबै नकारात्मकताको मूल जरो नै उहाँ (केपी ओली) नै हुनुहुन्छ र उहाँले नै यो सब बिगार्नुभएको छ भन्ने कुरामा हामी प्रस्ट नै छौँ,” उनले भने, “तर, सबैको सामूहिक चेतना के छ भने जसले जस्तोसुकै प्रहार गरे पनि पार्टीलाई सबल र सुदृढीकरण गरेर हामी अघि बढ्नुपर्छ भन्ने कुरामा हाम्रो एकमत देखिन्छ ।”

पार्टी प्रवक्ता समेत रहेका खतिवडाले नेतृत्व र केन्द्रीय सदस्यले खेल्नुपर्ने भूमिकाका बारेमा बैठक केन्द्रित भएको बताए । पार्टीलाई जनतासँग जोडेर जनसंघर्षको माध्यमबाट सबल बनाउने प्रस्ताव बैठकमा गरिएको उनले जानकारी दिए ।

निकै जटिल मोडबाट गुज्रिरहेको समसामयिक राजनीतिक चुनौतीको सामना गर्न सक्ने पार्टी एकीकृत समाजवादी नै भएको उनले जिकिर गरे । आफ्नो पार्टीसँग स्वच्छ नेतृत्व र विचारशील नेताहरूको पंक्ति रहेकाले राजनीतिमा देखिएको शून्यतालाई चिर्न सक्ने उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro