site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संविधानको सबल र दुर्बल पक्षको विश्लेषण गरी संशोधनको तयारी भइरहेको छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलकमा लोकतन्त्रको विकल्प नभएको बताएका छन् । शनिबार काठमाडौंमा सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनमा बोल्दै गृहमन्त्री लेखकले यस्तो दाबी गरेका हुन् । 

लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने भन्दै उनले यसको विकल्प खोजे मुलुक संकटमा पर्ने बताए । सबै ठाउँबाट संविधानमाथि हुने आक्रमणको डटेर सामना गर्नुपर्ने उनले बताए । 

लोकतन्त्रको रक्षा, संविधानको सुरक्षा र समावेशिताको सुदृढीकरण आजको आवश्यकता भएको गृहमन्त्री लेखकले बताए । उनले १० वर्षमा संविधानको अभ्यास गर्दा देखिएका सबल र दुर्बल पक्षको विश्लेषण गरी संविधान संशोधनको तयारी भइरहेको पनि बताए । 

अहिलेको परिवर्तनलाई थप बलियो बनाउनका लागि संविधान संशोधन हुने भएकाले कोही पनि आशंकित हुननपर्ने उनको भनाइ थियो । उनले विभिन्न आन्दोलनका कारण अहिलेको परिवर्तन सम्भव भएको र विचार अभिव्यक्ति सबैले राख्न सक्ने अवस्था पैदा भएको जिकिर गरे । 

राज्यका सबै अंगमा सुदूरपश्चिमको उचित प्रतिनिधित्व गराउन आफूहरू लागिपरेको उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro