site stats
बाह्रखरी :: Baahrakhari
देश
हनुमानढोकामा युवकको मृत्यु : दुईजना प्रहरी नियन्त्रणमा

काठमाडौं । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिरअगाडि एक युवक मृत भेटिएको प्रकरणमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । 

हातमा सुजन शाक्य नाम लेखेका ३१ वर्षीय एक युवक आज मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले भने, “हातमा सुजन शाक्य नाम लेखिएको छ, उनको पूरै परिचय खुलेको छैन, उक्त प्रकरणमा दुईजनालाई नियन्त्रणमा लिएर हामीले अनुसन्धान गर्दै छौँ ।” 

मृतकको शरीरमा चोटपटक देखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १७:४०
प्रतिक्रिया दिनुहोस्