site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सार्कको बेवास्ता, भारतीय विदेशमन्त्रीले परराष्ट्रमन्त्री राणासँग भने– बिमस्टेकलाई अगाडि बढाउनुपर्छ

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटवार्ता आइतबार साँझ ओमनको राजधानी मस्कटमा भएको हो ।

आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकर हाल मस्कटमा छन् ।

सो भेटका क्रममा उनीहरूबीच नेपाल भारत द्विपक्षीय सम्बन्ध, आपसी हित, साझा चासो र पारस्पारिक लाभका विविध विषयमा कुराकानी भएको थियो ।

Dabur Nepal
NIC Asia

भेटकाक्रममा पछिल्लो समय दुई देशबीचका द्विपक्षीय भेटवार्ता, भ्रमण आदानप्रदान तथा आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो ।

हालै काठमाडौंमा सम्पन्न वाणिज्य सचिवस्तरीय तथा भारतको नयाँ दिल्लीमा भएको उर्जासम्बन्धी बैठक र तिनको प्रगतिका विषयमा पनि उनीहरूबीच कुराकानी भएको थियो ।

भेटमा मन्त्री राणाले भारतसँग भएको उर्जा व्यापारसम्बन्धी सम्झौताले नेपालबाट भारत तथा भारत भएर बंगलादेश विद्युत् निर्यात प्रवर्द्धनमा सहयोग पु¥याएको भन्दै भारत सरकारलाई धन्यवाद दिएकी थिइन् ।

साथै, पछिल्लोसमयमा दुई देशका बीचको ट्रेड ट्रान्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएको प्रगतिका बारेमा उनीहरूबीच कुराकानी भएको थियो ।  

नेपाल, भारत र बंगलादेशबीचको त्रिपक्षीय विद्युत् व्यापार सम्झौता नेपालको उर्जा क्षेत्रका लागि एउटा ठूलो उपलब्धि रहेको भन्दै त्यसका लागि भारतले प्रदान गरेको सहजीकरण उल्लेखनीय रहेको मन्त्री राणाले बताएकी थिइन् ।

भेटमा क्रस बोर्डर विद्युत् व्यापार निर्माणको मोडालिटीका विषयमा भएको प्रगतिका बारेमा पनि कुराकानी भएको थियो । साथै नेपाल भारत बीचको व्यापार सन्धीको पुनरावलोकन, यही जनवरीमा काठमडौंमा भएको नेपाल भारत इन्टर गभर्मेन्टल कमिटी बैठकमा धेरै क्षेत्रमा भएका उत्पादनमूलक छलफल र निर्णयका साथै धम्रा र मुन्द्रा थप बन्दरगाहको सञ्चालनका विषयमा पनि कुराकानी भएको थियो ।

भेटका क्रममा भारतीय तर्फबाट अतिरिक्त बन्दरगाहहरू सञ्चालनका लागि भएको प्रगति र यसले सीमा पूर्वाधारको विकास र व्यापार प्रवर्द्धन तथा दुई देशबीचको कनेक्टिभिटीमा सुधार ल्याउने भन्दै मन्त्री देउवाले प्रसंशा गरेकी थिइन् ।

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनासँग सम्बन्धित प्रमुख प्राविधिक समस्याहरू समाधान भइसकेको तथा हालै भएको दुवै देशको मन्त्रीस्तरीय बैठकबाट यसलाई सकारात्मक रुपमा अघि बढाउने समझदारी भएको विषयमा उनीहरूबीच छलफल भएको थियो ।

सो भेटका क्रममा माथिल्लो अरुण परियोजना अघि बढेकोमा भारतीय विदेशमन्त्रीले धन्यवाद व्यक्त गरेका थिए । साथै, विदेशमन्त्री जयशंकरले बिमस्टेक संगठनलाई सबै मिलेर अगाडि बढाउनुपर्ने धारणा भेटमा गरेका थिए । 

मन्त्री राणाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझा हितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको भारतीय विदेशमन्त्रीसमक्ष बताएकी थिइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  २०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
9 Kamana Sewa Bikash Bank9 Kamana Sewa Bikash Bank
9 Yasoda Foods9 Yasoda Foods
9 Vatshalya9 Vatshalya
9 Varnavas Hotel9 Varnavas Hotel
9 Valley Cold Store9 Valley Cold Store
9 Udhyog Byapar Mahasang Morang9 Udhyog Byapar Mahasang Morang
9 Tesla9 Tesla
9 Surya jyoti life Insurance9 Surya jyoti life Insurance
9 Summit Air9 Summit Air
9 Subisu9 Subisu
9 Sipradi9 Sipradi
9 Shanker Group9 Shanker Group
9 Salesberry9 Salesberry
9 RMC Group9 RMC Group
9 Gandaki Noodles9 Gandaki Noodles
9 Prime CA9 Prime CA
9 Prabhu Bank9 Prabhu Bank
9 SPG OMODA9 SPG OMODA
9 NMB Bank9 NMB Bank
9 Nepal Mountaineering Association9 Nepal Mountaineering Association
9 NIMB9 NIMB
9 Neco Insurance9 Neco Insurance
9 Ncell9 Ncell
9 National Life Insurance9 National Life Insurance
9 Nabil Bank9 Nabil Bank
9 Mountain Hardwear9 Mountain Hardwear
9 MM Group9 MM Group
9 MG Motors9 MG Motors
9 Marigold9 Marigold
9 Manakamana Cable Car9 Manakamana Cable Car
9 Mahalaxmi Bikash Bank9 Mahalaxmi Bikash Bank
9 Kumari Bank9 Kumari Bank
9 Kitchen Concept9 Kitchen Concept
9 KFC9 KFC
9 Kailash Heli9 Kailash Heli
9 IME9 IME
9 Hyundai Laxmi9 Hyundai Laxmi
9 Hotel Mechi Crown9 Hotel Mechi Crown
9 Hilltake9 Hilltake
9 Harvest Moon9 Harvest Moon
9 Hardik IVF9 Hardik IVF
9 Hard Rock Cafe9 Hard Rock Cafe
9 Global IME BAnk9 Global IME BAnk
9 Garud Security9 Garud Security
9 Garima Bikash Bank9 Garima Bikash Bank
9 Gandaki Medical College9 Gandaki Medical College
9 Everest Bank9 Everest Bank
9 Esewa9 Esewa
9 Continental Trading9 Continental Trading
9 BYD9 BYD
9 Bhatbhateni9 Bhatbhateni
9 Ansuvara Group9 Ansuvara Group
9 Annapurna Cable Car9 Annapurna Cable Car
9 Air Dynasty9 Air Dynasty
9 CG Motors9 CG Motors
9 City Express9 City Express
9 KFC9 KFC
9 Citizen Bank9 Citizen Bank
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro