site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रणय दिवसमा कवि युवराजको ‘तिम्रो प्रीत...’ म्युजिक भिडियो सार्वजनिक 

काठमाडौं । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसमा विविध कार्यक्रमहरूको आयोजना भइरहेको छ । प्रणय दिवसकै अवसर पारेर कवि तथा गीतकार युवराज अधिकारीको ‘तिम्रो प्रीत’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । 

गीतको बोलले भन्छ, तिम्रो प्रीत यस्तो लाग्छ, जीवनको दियो जस्तो, मुस्कान सधैँ लाग्छ, ईश्वरको वरदानजस्तो ।

गीतकार अधिकारीको शब्दलाई आफ्नै संगीतमा सुरजकुमार थापाले स्वर दिएका छन् ।

राजकुमारद्वारा निर्देशित यस प्रेमपूर्ण गीतको म्युजिक भिडियोमा सुरजकुमार थापा र निहारिका थापाको अभिनय रहेको छ । भिडियो थापाकै युट्युब च्यानलमार्फत रिलिज भएको हो ।

म्युजिक भिडियो

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  २०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro