site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विधिको शासन, प्रेस र अभिव्यक्ति स्वतन्त्रतामा सम्झौता गर्दैनौँ : गगन थापा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार चलाउने सम्बन्धमा पार्टीका आधारभूत मूल्य र मान्यतामा कुनै सम्झौता नहुने बताएका छन् । बुधबार बुटवलमा नेपाल मुस्लिम संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले पार्टीले विधिको शासन, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत मूल्य र मान्यताहरूमा सम्झौता नगरिने बताए । वर्तमान सरकार नेपाली कांग्रेसले चाहेर नभई परिस्थितिले निर्माण भएको उल्लेख गरे । सरकार बनाउने कुरामा अरुसँग सहकार्य गर्ने विकल्प नरहेको उल्लेख गर्दै यही सरकारमा बसेर बाँकी समयको सदुपयोग गर्ने उनको दाबी छ ।

"नेपाली कांग्रेस प्रष्ट छ कि यदि नेपाली विधिको शासन, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत मूल्य र मान्यताहरूका सम्बन्धमा सम्झौता गर्नुपर्छ भन्ने आधारमा आउँछ भने ती कुराहरू नेपाली कांग्रेसका लागि सरकारभन्दा महत्त्वपूर्ण कुरा हो । यसमा कांग्रेस स्पष्ट छ । विश्वास छ एमाले पनि यसमा स्पष्ट छ," उनले भने । 

सरकार गठन हुँदाका बखत गरिएको सातबुँदे सहमतिको आधारमा कांग्रेस–एमालेले आलोपालो सरकार चलाउने उनको भनाइ छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro