site stats
बाह्रखरी :: Baahrakhari
देश
म्याप बेवास्ता गरेर काम गर्दा फुट्यो बबरमहलमा पाइप 

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले थोक वितरण प्रणालीको जीआईएस म्यापलाई बेवास्ता गरी कार्य गर्दा पाइप फुटेर क्षति भएको जनाएको छ ।

आज काठमाडौंको बबरमहलमा मेलम्चीको पाइप फुटेर बाहिर निस्किएको पानीले विशेष अदालतसहितका सरकारी कार्यालय डुबानमा परेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“वन परिसर अगाडिको सडकमा विद्युत्लाइन भूमिगत गर्नका लागि पाइलट ड्रिलिङ पश्चात् रिमिङ गर्दा असावधिबश मेलम्चीको उक्त पाइपलाइनमा क्षति पुगेको निर्माण कम्पनी केईआईका सुपरभाइजर अविनाश कुमारले स्वीकार गर्नुभएको छ,” जारी विज्ञप्तिमा उल्लेख छ ।

अहिले उक्त पाइपलाइनमा मेलम्चीको पानी पठाउन बन्द गरिएको छ भने क्षतिग्रस्त पाइपलाइन तत्काल मर्मत गर्न नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरिएको छ । यता विद्युत् प्राधिकरणका आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख तारा प्रधानले अनुमति लिएरै काम गरेको तर बाइपास गरेर गर्नुपर्ने भए पनि कमजोरी ठेकेदारका तर्फबाट भएको बताए ।
बनाउन मेलम्चीले नै बनाए पनि प्राधिकरणले पैसा दिनुपर्ने अवस्था आउने बताए ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १८:२८
प्रतिक्रिया दिनुहोस्