site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायली प्रधानमन्त्री नेतन्याहूले दिए गाजामा फेरि युद्ध सुरु गर्ने धम्की

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्धविराम सम्झौताको बारेमा कडा टिप्पणी गरेका छन् । इजरायली बन्धकको रिहाइ रोक्ने हमासको घोषणामाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि इजरायली प्रधानमन्त्री नेतन्याहूले गाजामा फेरि युद्ध सुरु गर्ने धम्की दिएका हुन् । 

नेतन्याहूले भने, “यदि, हमासले शनिबार दिउँसोसम्म हाम्रा बन्धकलाई रिहा गरेन भने हामी गाजामा युद्धविराम समाप्त गर्नेछौँ । फेरि लडाईं सुरु गर्नेछौँ ।” 

उनले इजरायली सेनालाई गाजा र वरपर भेला हुन आदेश दिएका थिए । हमासले बन्धकको रिहाइ रोक्ने घोषणा गरेपछि उनले यो कदम चालेका हुन् ।

नेतन्याहूले शनिबारसम्ममा बाँकी सबै ७६ बन्धकको रिहाइको माग गरेका हुन् अथवा तीनजनाको भन्नेबारेमा स्पष्ट छैन । तर,  उनका एक मन्त्रीले नेतन्याहूले सबै बन्धकको रिहाइको माग गरेको प्रष्ट पारेका छन् । 

हमासले सोमबार इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरिरहेको भन्दै बन्धकको रिहाइ रोकिएको जनाएको छ । 

युद्धविराम सम्झौता उल्लंघन गरेको हमानसको दाबीलाई इजरायलले भने अस्वीकार गरेको छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले हमासले बन्धक बनाएका सबै नागरिकलाई रिहा नगरे इजरायलले युद्धविराम सम्झौता रद्द गर्नुपर्ने बताएका थिए । 

हमास र इजरायलबीचको युद्धविराम सम्झौता जनवरी १९ मा लागु भएको थियो । हमासले त्यसयता १६ इजरायली र पाँच थाई बन्धकलाई रिहा गरिसकेको छ । 

इजरायलले ५६६ प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ । बीबीसी
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  ०८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro