site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आठवटा संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । संघीय संसद्अन्तर्गत आज आठवटा संसदीय समितिको बैठक बस्दै छ । 

अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । 

बैठकमा माउन्ट एभरेष्ट ब्रुअरीमा कार्यरत श्रमिकको पारिश्रमिक सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयमा छलफल हुनेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

महिला तथा सामाजिक मामिला समितिमा समितिको आगामी अनुगमन भ्रमण तथा कार्यक्रमका विषयमा छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्नेछ । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि आज बस्दै छ । 

दिउँसो सवा १२ बजे बस्ने बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे १ बजे बस्नेछ । 

बैठकमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ । 

विधायन व्यवस्थापन समितिको बैठक पनि आजै बस्दै छ । बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुने भएको छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । 

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । 

बैठकमा विद्यमान निर्वाचन प्रणाली र यसका विकल्पहरूका विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  ०७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro