site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विपद् जोखिम न्यूनीकरण प्राधिकरणको प्रमुख बन्न यी पाँचजनाले भोलि दिँदै छन् अन्तर्वार्ता
Tiktok banner adTiktok banner ad

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका उमेदवारको अन्तर्वार्ता मिति तोकिएको छ । यी पाँच उमेदवारको अन्तर्वार्ता भोलि (माघ ३०) गृह मन्त्रालयमा हुनेछ । पाँचै उमेदवारको अन्तर्वार्ता समय एउटै अर्थात् बिहान ८ बजे निर्धारण गरिएको गृह मन्त्रालयले जनाएको छ ।

प्राधिकरणको कार्यकारी प्रमुखका उमेदवारमा बैतडीका दिनेशप्रसाद भट्ट, डडेलधुराका धर्मराज उप्रेती, कास्कीका वसन्तराज अधिकारी, रोल्पाका मन्दिप सुवेदी र मोरङका सुमनकुमार कर्ण छन् । “...प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोटसम्बन्धी कार्यविधि २०८१ को दफा १२ को खण्ड (च) को (३) अनुसार अन्तर्वार्ताको लागि...” मन्त्रालयको सूचनामा उल्लेख छ ।

अन्तर्वार्तापछि सम्भावित प्रमुखका नाम सिफारिस गरिनेछ । स्नातकोत्तर उपाधि हासिल गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको व्यक्तिलाई सिफारिसअनुसार सरकारले कार्यकारी प्रमुखमा नियुक्त गर्नेछ । कार्यकारी प्रमुखको पदावधि पाँच वर्षको हुने व्यवस्था छ ।

प्राधिकरणको कार्यकारी प्रमुखको जिम्मेवारीमा हाल डा. भीष्मकुमार भूसाल छन् । यही माघ ४ गते गृहमन्त्रीस्तरको निर्णयबाट डा. भूसाललाई अर्को व्यवस्था नभएसम्मका निम्ति प्राधिकरणको कार्यकारी प्रमुखका रूपमा कामकाज गर्ने गरी जिम्मेवारी दिइएको हो ।

यसअघिका कार्यकारी प्रमुख अनिल पोखरेलको पदावधि सकिएपछि पद रिक्त छ । कार्यकाल सकिए वा कुनै कारणले पद रिक्त भएमा नयाँ नियुक्त नहुन्जेलसम्मका निम्ति प्राधिकरणमा कार्यरत वरिष्ठतम सहसचिवलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिइने व्यवस्था छ ।

“विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १० ले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको व्यवस्था गरिएको छ । प्राधिकरण स्थापना मिति २०७६/०८/२९ गते कार्यकारी प्रमुखको नियुक्ति भएसँगै भएको हो,” प्राधिकरणको वेबसाइटमा उल्लेख छ, “यो प्राधिकरणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी केन्द्रीय स्रोत निकायको रूपमा कार्य गर्दछ । हाल यसको कार्यालय सिंहदरबार, काठमाडौंमा रहेको छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro