site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एलिना चौहानलाई धम्की दिने व्यक्तिबारे के भन्छ प्रहरी ? 
एलिना चौहान । फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । गायिका एलिना चौहानलाई ठगी गर्ने र धम्की दिने व्यक्तिविरुद्ध हालसम्म कुनै उजुरी नपरेको प्रहरीले जनाएको छ ।

एलिनाको म्यानेजर (व्यवस्थापक) हुँ भन्दै उनको पारिश्रमिक लिने दीपक बराइलीविरुद्ध उजुरी नपरेको प्रहरीले स्पष्ट पारेको छ । एलिनाले बराइलीले आफू उनको म्यानेजर हुँ भन्दै आयोजकसँग पैसा लिएर ठगी गरेको आरोप लगाएकी छन् ।

उजुरी नपरेसम्म आफूहरूले केही गर्न नमिल्ने नेपाल प्रहरीको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले बताए । “यस विषयमा हामीसम्म कुनै उजुरी आएको छैन,” एसपी अवस्थीले बाह्रखरीसित भने, “उजुरी आएको अवस्थामा के भएको हो, हामी अनुसन्धान गर्नेछौँ ।”

आफू ठगीमा परेको र धम्की आएको विषय सार्वजनिक गर्दा पनि बराइलीलाई कसैले पक्राउ नगरेको एलिनाको गुनासो छ । आफूसँग समय नभएकाले प्रहरीकामा जान नपाएको उनले बताएकी छन् । अरूलाई पनि बराइलीले पटक–पटक ठगेको भनेर धेरैले बताए पनि प्रशासनले चासो नदेखाएको उनको भनाइ छ ।

“मैले भिडियो पोस्ट गरेपछि उहाँ (दीपक बराइली)का अरू पनि थुप्रै कर्तुतहरू आइरहेका छन्,” एलिना भन्छिन्, “तर, यति हुँदा पनि कसैले समात्न सक्दो रहेनछ ।” 

प्रहरीले भने व्यक्ति–व्यक्तिका सामाजिक सञ्जालका घटना खोज्ने नगरिएको जनाएको छ । “उजुरी आएको खण्डमा छुट्टै कुरा हो, तर फेसबुकमा आएको र सुनेकै भरमा हामीले एक्सन लिन सक्दैनौँ,” प्रहरीका एक उच्च अधिकारीले भने, “राज्यसत्ताभित्रको कुरा भएको भए हामी अनुसन्धान गर्थ्यौँ । तर, यो व्यक्तिगत कुरा हो ।”

“बलेको आगो छौ, सबैले ताप्छन् । यसको लेखाजोखा त्यहाँ आएपछि हुन्छ । चाहे मलाई जेसुकै होस्, चाहे जेल पनि जाऊँला । जेसुकै भए पनि बहिनी, लाइफमा यतिचाहिँ यार गर्नू, यति कुराले तिम्रो लाइफमा ठूलो दुर्घटना हुन्छ,” बराइलीले एलिनालाई धम्की दिँदै भनेका छन्, “योचाहिँ ढुक्क हौ, यो लेखेरै राख । यो कहिले पनि डिलिट नहुने गरी सेभ गरेर राख । यो धम्की नसम्झिनू बैनी, यो सुझाव हो । एड्भाइस हो ।”

सुरुमा एलिनाले बराइलीले आफ्नो पारिश्रमिक लिएर ठगेको भन्दै त्यस्तो हुन सक्नेतर्फ कलाकारलाई भिडियोमार्फत सचेत गराएकी थिइन् । त्यसपछि बराइलीले धम्की दिएको अडियो एलिनाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro