site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
खानेपानी मन्त्रालयदेखि निकुञ्जको डढेलोका घटनाप्रति सांसदको ध्यानाकर्षण
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाको आकस्मिक समयमा आइतबार (माघ २७) सांसदहरूले आगलागी/डढेलोका घटनाप्रति ध्यानाकर्षण गराएका छन् । 

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको डढेलोबारे सरकारको ध्यानाकर्षण गराए । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाअन्तर्गतको जंगलमा करिब १० दिनदेखि लागेको डढेलो निभाउन नसकिएको उनले बताए ।

“ठूलो आगलागी (डढेलो) भएको १० दिन हुन लाग्यो, तत्काल सरकारले गम्भीरतापूर्वक सोचोस्,” उनले भने, “यो भेगमा लोपोन्मुख सूचीमा रहेको रेडपान्डा र अन्य वन्यजन्तु, जडीबुटी भएको क्षेत्र हो ।” उनले आगो गाउँबस्तीमा समेत प्रवेश गर्ने अवस्था रहेको सुनाए ।

Dabur Nepal

आगलागीका घटना बढ्न नदिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहित सबै संयन्त्रमार्फत एकीकृत रूपमा काम गरिनुपर्नेमा उनले जोड दिए । आगलागीको जोखिमबारे सचेतना कार्यक्रम आवश्यक रहेको उनले औँल्याए ।

नेकपा (माओवादी केन्द्र)का सांसद हितबहादुर तामाङले पनि दुप्चेश्वर–१ स्थित जंगलको डढेलो नियन्त्रणको पहल नगरिएको बताए । उनले मौसमजन्य समस्या नभएर नियोजित रूपमा त्यहाँ आगो लगाइएको आशंका व्यक्त गरे ।

“दुर्लभ जन्तु रेडपान्डा र मृगको चोरीसिकारी गर्नेहरूको नियोजित ढंगले आगालागी भएको हुनसक्छ । त्यसकारण त्यसको नियन्त्रणका लागि प्रभावकारी कदम चालियोस्,” उनले भने ।

उनले शनिबार खानेपानी मन्त्रालयमा भएको आगलागीबारे सरकारबाट जानकारी गराउन माग गरे ।

नेकपा (एमाले)का सांसद ठाकुर गैरेले शनिबार खानेपानी मन्त्रालयमा कसरी आगलागी भयो भन्ने प्रश्न गरे । “नेपालको राज्य सञ्चालनको केन्द्र, मन्त्रीज्यूको कार्यकक्षमा आगोलागी भयो । यसले हाम्रो सुरक्षा, हाम्रो संवेदनशीलता र सचेतताप्रति प्रश्न उठाएको छ । यो घटना कसरी हुन पुग्यो भन्ने विषय संसद्‌मा जानकारी भयो भने त्यसले एउटा राम्रो सन्देश जाला भनेर ध्यानाकर्षण गर्छु,” उनले भने ।

सांसद गैरेले राष्ट्रिय निकुञ्जमा डढेलोको घटना बढेको पनि बताए । जलवायु परिवर्तनका कारण निम्तने भयावह अवस्था नियन्त्रणका निम्ति सजग हुनुपर्नेमा उनले जोड दिए । सम्भावित विपद्बारे राहत र उद्धारको योजना बनाएर अघि बढ्नुपर्ने उनले ध्यानाकर्षण गराए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विन्दवासिनी कंसाकारले देशभर भएको आगलागी/डढेलोका घटना संयोग र दुर्घटना नभएको जिकिर गरिन् । आगलागी नियन्त्रण गर्ने निकायले लापरबाही गरेको उनले आरोप लगाइन् ।

उनले जलनसम्बन्धी गैरसरकारी विधेयक संसद्‌मा पेस गर्न माग गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro