site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्‌मा प्रश्न– खानेपानी मन्त्रालयमा कसरी आगो लाग्यो ? 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले शनिबार खानेपानी मन्त्रालयमा कसरी आगलागी भयो भन्ने प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले सिंहदरबारमा आगलागीले सुरक्षा चुनौती थपिएको बताए ।

“नेपालको राज्य सञ्चालनको केन्द्र, मन्त्रीज्यूको कार्यकक्षमा आगोलागी भयो । यसले हाम्रो सुरक्षा, हाम्रो संवेदनशीलता र सचेतताप्रति प्रश्न उठाएको छ । यो घटना कसरी हुन पुग्यो भन्ने विषय संसद्‌मा जानकारी भयो भने त्यसले एउटा राम्रो सन्देश जाला भनेर ध्यानाकर्षण गर्छु,” उनले भने ।

सांसद गैरेले राष्ट्रिय निकुञ्जमा डढेलोको घटना बढेको पनि बताए । जलवायु परिवर्तनका कारण निम्तने भयावह अवस्था नियन्त्रणका निम्ति सजग हुनुपर्नेमा उनले जोड दिए । सम्भावित विपद्बारे राहत र उद्धारको योजना बनाएर अघि बढ्नुपर्ने उनले ध्यानाकर्षण गराए ।

खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा शनिबार आगलागी भएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro