site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सामाजिक सञ्जाल विधेयकप्रति प्रचण्डको आपत्ति 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल सञ्चालन प्रयोग र नियमन गर्नका लागि संसद्मा दर्ता भएको विधेयक आपत्तिजनक भएको बताएका छन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले सामाजिक सञ्जाल नियमनका नाममा नागरिकको संविधानप्रदत्त अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई पनि नियन्त्रण गर्न खोजेको बताए । 

“अब त सामाजिक सञ्जाल विधेयक नै ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रूपमै नियन्त्रण गर्न खोज्दै हुुनुहुन्छ, यो के हो ? नागरिक सम्प्रभुताभन्दा माथि हो तपाईंहरू ?,” उनले प्रश्न गरे । 

प्रचण्डले सत्तारुढ नेताहरू मालिक र जनता दास हो ? भन्दै प्रश्न गरे । “संविधानभन्दा माथि हो  ? तपाईंहरू मालिक र नेपाली जनता दास हो र ? सामाजिक सञ्जाल सञ्चालन प्रयोग र नियमनका लागि भनेर संसद्मा अहिले दर्ता भएको विधेयक आपत्तिजनक छ,” उनले भने । 

प्रचण्डले विधेयकमा नागरिकलाई पाइलैपिच्छे जेल र जरिवानाको तरबार झुन्ड्याइएको बताए । “यो विधेयकमा नागरिकलाई पाइलैपिच्छे जेल र जरिवानाको तरबार झुन्ड्याइएको छ । अहिले त बोलेकै कारण नागरिकलाई जिल्ला घुमाइरहेको सरकारले यो विधेयक पारित भयो भने के गर्ला ?,” उनको प्रश्न छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro