site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । बिहीबार (माघ २४) बिहान नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बसेको हो ।

पार्टी पदाधिकारी र कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिनेछन् ।

गएको माघ १८ गते बसेको संसदीय दलको बैठकमा सांसदहरूले स्थानीय र प्रदेश तहको चुनाव आमनिर्वाचनभन्दा पछाडि गर्न माग गरेका थिए । उनीहरूले पार्टीको महाधिवेशन ०८४ सालको निर्वाचनभन्दा पछाडि गर्न पनि माग गरेका थिए । सोही विषयमा मन्त्री र पदाधिकारीले आज जवाफ दिनेछन् ।

आजै बस्ने संसद् बैठकमा सरकारले ल्याएको अध्यादेशबारे कसरी प्रस्तुत हुनेलगायत समसामयिक, राजनीतिक विषयमा पनि छलफल गरिनेछ । न्युज एजेन्सी नेपालबाट ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १०:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro