site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली 
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रहरीले झापामा गोली प्रहारगरी लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । 

मंगलबार झापाको कनकाई नगरपालिका–४ स्थित कुमरखोदबाट सुरुङगातर्फ आउँदै गरेको भारतीय नम्बरप्लेटको मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । 

प्रक्राउ पर्नेमा भारतको डिगल बैंक थाना–५ बिहारका २८ वर्षका अन्जार आलम र सोही ठाउँका १९ वर्षका युसुब आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

रोक्न खोज्दा प्रहरीलाई मोटरसाइकलले ठक्कर दिएर भाग्न खोजेपछि चार राउन्ड गोली चलाइएको प्रहरीले बताएको छ । गोली चलाउँदा अन्जरको घुँडामुनि एक राउन्ड गोली लागेको छ । 

अन्जरको उपचार प्रादेशिक अस्पताल भद्रपुरमा भइरहेको छ । 

अन्जरको साथबाट ३० ग्राम ६९० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर फेला परेको प्रहरीले बताएको छ । पक्राउ पर्ने अन्जर र युसुब सहोदर दाजुभाइ रहेको प्रहरीले जानकारी दिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  ०६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro