site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विधेयकबारे विरोध र छलफल हुनु लोकतन्त्रमा स्वभाविक : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव विथोल्न खोज्ने प्रयास रोक्नका लागि सामाजिक सञ्जाल नियमनसम्बन्धी कानुन आवश्यक परेको बताएका छन् । नेपाल टेलिकमको वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत एक–अर्कालाई ठोस पुर्‍याउने क्रियाकलाप बढ्दै गएकाले सामाजिक सद्भाव विथोल्न खोज्ने प्रयास रोक्नका लागि सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याइएको बताए ।

विधेयकबारे विरोध र छलफल हुनु लोकतन्त्रमा स्वभाविक रहेको उनको भनाइ थियो । उनले राष्ट्रिय एकता खल्बलाउने काम देशद्रोह भन्ने आधारमा दण्ड र सजाय तोकिएको जिकिर गरे । देशका विरुद्ध मनपरी लेख्न पाउनुपर्ने कुरालाई प्रेस स्वतन्त्रता भन्न खोज्ने कुरामा राज्य सहमत नरहेको उनले बताए ।

मन्त्री गुरुङले सुसूचित हुने जनताको अधिकार नखोस्ने र जनताको वाक स्वतन्त्रको ग्यारेन्टी सरकारले गर्ने धारणा राखे । अराजकतालाई नियमन गरेर मात्रै लोकतन्त्र बलियो बनाउन सकिने उनको भनाइ छ ।

त्यस्तै, सञ्चारमन्त्री गुरुङले सुशासन र आर्थिक समृद्धिका लागि सरकारले अध्यादेश ल्याएको बताए । ४७ सालयताकै ठूलो सुधारको प्रयास भएको दाबी समेत गरे ।

 

 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro