site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीको प्रशंसा गर्दै देउवाले भने– अविश्वास गर्नुपर्ने कारण छैन

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा (एमाले)लाई अविश्वास गर्नुपर्ने कारण नरहेको बताएका छन् । पोखरामा जारी ७७ जिल्लाकै सभापति र प्रशिक्षण विभागका प्रमुखहरूको अभिमुखीकरण कार्यक्रममा देउवाले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा पनि गरे ।

“वास्तवमा भन्ने हो भने ओली र म सँगै जेलमा बसेको साथी हौँ । धेरै दु:ख, कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो । झापा काण्डको कारण देखाएर जेलभित्रको पनि जेलमा राखियो । हामी मुख्य प्रतिस्पर्धी हौँ, तर पनि केपी ओलीलाई अविश्वास गर्नुपर्ने कुरा छैन,” उनले भने ।

दुवै दल प्रजातन्त्र र लोकतन्त्रका लागि लडेकाले विश्वासका साथ चल्नुपर्ने उनको भनाइ छ । उनले अहिलेको गठबन्धन सरकार स्थायित्वका लागि भएको पनि दाबी गरे ।

“दुई प्रमुख प्रतिस्पर्धी पार्टीहरूबीच गठबन्धनबाट सरकार बनाउने कुरा कसरी आयो भन्ने पनि आवाज उठेका छन् । अहिलेको बेला मात्रै होइन, धेरै वर्षसम्म एमाले र कांग्रेसबीच सहमति भयो भने राजनीतिक स्थिरता स्थापित हुन सक्दछ । कतिबेला सरकार ढल्ने हो, कति दिन चल्ने हो भन्ने पनि थाहा हुँदैन । दुईवटा पार्टी मिलेर सरकार बनेको छ, यसको स्थायित्व स्पष्ट छ,” देउवाले भने ।

उनले संविधानको यही व्यवस्थामा कांग्रेस एक्लैले बहुमत ल्याउन सक्ने पनि दाबी गरे ।
 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro