site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
महाकुम्भबाट फर्कंदै गर्दा दुर्घटनामा ज्यान गुमाउने पाँच नेपाली को हुन् ?

जलेश्वर । भारत, उत्तर प्रदेशको प्रयागराजस्थित महाकुम्भ मेलामा स्नान गरेर फर्कने क्रममा दुर्घटनामा परी पाँच नेपालीको मृत्यु भएको छ । महोत्तरीसँगै जोडिएको भारतको मधुवनीमा शनिबार दिउँसो स्कोरपियो दुर्घटनामा परी त्रिवेणीमा स्नान गरेर घर फर्कंदै गरेका पाँचजनाको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ का ६० वर्षीय बालकृष्ण झा, उनकी पत्नी ५० वर्षीया इन्दु देवी, महोत्तरीकै मनरासिश्वा नगरपालिका–२ की ५० वर्षीया मनतारन देवी र उनकी भान्जी धनुषाको गंगुलीकी ३० वर्षीया अर्चना झा हुन् । गाडीका चालक सिरहाका नामथर नखुलेका एक व्यक्तिको समेत मृत्यु भएको जलेश्वर नगरपालिका–७ का वडा सदस्य सुल्तान कवारीले जानकारी दिए ।

दुर्घटनामा परी बालकृष्णका भान्जा ३० वर्षीय मनोहर ठाकुर, भान्जी २५ वर्षीया कामिनी झा, बहिनी ५० वर्षीय जगतारण देवी र नातिनी सात वर्षीया सृष्टि झा गम्भीर घाइते भएका छन् । मुजफ्फरपुरमै उनीहरूको उपचार भइरहेको खबर प्राप्त भएको वडा सदस्य कवारीले बताए । उनीहरू सबैजना एकै परिवारका हुन् ।

उनीहरू सवार बीआर३२पीए ४६६१ नम्बरको गाडी मुजफ्फपुरको सदरथाना क्षेत्रको मादापुरस्थित मधुवनी मन्दिरनजिकै सडकमा दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले पाँचजनाको मृत्यु र चार व्यक्ति घाइते भएका खबर आए पनि विस्तृत विवरण प्राप्त नभएको बताए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  २२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro