site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘एक्टर : टेक वान’ तत्काल प्रदर्शन नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाली सिनेमा ‘एक्टर : टेक वान’ तत्काल हलमा प्रदर्शन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार (माघ १५) काठमाडौं अदालतका न्यायाधीश ढाकाराम पौडेलको इजलासले यही माघ २२ गतेसम्म उक्त चलचित्रको प्रदर्शन स्थगन गर्न आदेश जारी गरेको हो ।

माघ २२ गते दुवै पक्ष (वादी र प्रतिवादी)लाई अदालतमा डाकिएको छ । अन्तरिम आदेश प्रयोजनका निम्ति माघ २२ गते दुवै पक्षलाई बोलाइएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बाह्रखरीलाई जानकारी दिए ।

गएको शुक्रबार (माघ १२) चलचित्र ‘एक्टर’ निर्माणपक्षले ‘एक्टर : टेक वान’विरुद्ध अदालतमा रिट निवेदन दायर गरेको थियो । प्रतिलिपि अधिकार ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको हो ।

चलचित्रको नाम र कथावस्तु दुवै मिलेको भन्दै ‘एक्टर : टेक वान’विरुद्ध मुद्दा दर्ता गरिएको थियो । त्यसपछि दुवै पक्षलाई छलफलका निम्ति मंगलबार (माघ १५) अदालतमा बोलाइएको थियो ।

रिटमा ‘एक्टर : टेक वान’को प्रदर्शन रोक्न माग गरिएको छ । ‘एक्टर : टेक वान’ बुधबार (माघ १६) रिलिज हुने तय थियो । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले आइतबार साँझदेखि ‘एक्टर : टेक वान’को अग्रिम टिकट बुकिङ खुला समेत गरेको थियो ।

‘एक्टर’लाई मदन घिमिरेले निर्देशन गरेका थिए । उक्त चलचित्र रिलिज भइसकेको छ । ‘एक्टर’मा प्रिन्स थापा, कशिस दाहाल, सरोज खनाल, शिवु शाह, मनीषा पाण्डे, निशा केसी भण्डारी, महेन्द्र मैनालीलगायत कलाकारको अभिनय थियो ।

‘एक्टर : टेक वान’लाई राजन भुसालले निर्देशन गरेका छन् । यो चलचित्रमा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइरालालगायत कलाकारको अभिनय छ ।

afdgfadmg-1738061559.jpg
 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro