site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीति गर्न तयार भइसकेको छैन, राष्ट्रपति पद गैरराजनीतिक चाहिँ होइन : विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दलीय राजनीतिमा लागेर जिम्मेवारी लिने विषयमा आफूले कुनै निर्णय नगरेको बताएकी छन् । सोमबार विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा भण्डारीले आफ‍ू दलको नेतृत्व गरेर राजनीति गर्न तयार भइनसकेको बताइन् ।

उनले आफू पहिले एमालेमै रहेकाले राजनीतिकमा फर्किए एमालेबाटै राजनीति गर्ने पनि बताइन् । पूर्वराष्ट्रपति भण्डारीले सदस्यता प्राप्तिका लागि एमालेमा कुनै निवेदन नदिएको समेत बताइन् ।

"दलीय राजनीतिमा लागेर अब पद, जिम्मेवारी लिने कि नलिने भन्ने कुरामा अहिले म प्रवेश गरिसकेको छैन । त्यसैले अब भोलि कुन दलमा काम गर्ने भन्ने पनि कुरा आउँछ होला । अब म नेकपा (नेकपा) एमालेबाट आएर जन्मेर, हुर्केर यो ठाउँमा गएको हुनाले अब जाँदाखेरि त्यही नै कुरा आउँछ ।  त्यो चाहिँ छलफलको चरणमा प्रवेश गरेको छैन," उनले भनिन् ।

राष्ट्रको आवश्यकताले खोजी भए सोच्न सकिने उनको भनाइ छ । उनले राष्ट्रपति गैरराजनीतिक पद भने नभएको बताइन् ।

"राष्ट्रपति प्रणाली, राष्ट्रपति भनेको पनि गैरराजनीतिक पद र जिम्मेवारी चाहिँ होइन । त्यो कुरा चाहिँ बुझ्नुपर्छ, मैले सैद्धान्तिकरूपमा भनेको," उनले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro