site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री ओलीको आरोप– प्रचण्ड नेतृत्वको सरकारले ढुकुटी रित्याउने काम गर्‍यो
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास गर्नु ख्यालठट्टाको कुरा नभएको बताएका छन् ।

सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले मुलुक आर्थिक र सामाजिक रूपमा अफ्ठ्यारोमा परेको कारण संसद्का दुई ठूला दल मिलेर सरकार बनेको स्पष्ट पारे ।

उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले मुलुकको आर्थिक ढुकुटी रित्याउने काम गरेको आरोप लगाए । मुलकमा ऋण बढ्दै गएको तर आयको सबै बाटोहरू बन्द भएको कारण वर्तमान सरकार गठन भएको जिकिर गरे । केही अराजक तत्वहरूले तमासा गरिरहेको उल्लेख गर्दै मिडियाबाजीले राजनीति नहुने उल्लेख गरे ।

मुलुकलाई स्थिरता र स्थायित्वको बाटोमा लैजान वर्तमान सरकार बनेको दोहोर्‍याउँदै उनले कसैले बिलौना गर्दैमा सरकार नढल्ने बताए ।

यस्तो छ प्रधानमन्त्री ओलीको भनाइ–
२०४६ सालको बहुदलीय व्यवस्था भएपछि मुलुकको विकास किन भएन ? गर्ने खालको पार्टी सरकारमा भयो भने देशको विकास हुन्छ नत्र हुँदैन । एकदम सही हो त्यो । तपाईंहरू एकदम ढुक्क किन हुनुहुन्छ अहिले ? अस्ति तीन वर्ष पनि सरकार थियो । अबको तीन वर्ष पनि सरकार जान्छ, के भयो र ? त्यस्तो होइन । अस्ति तीन वर्षको सरकारले मुलुकलाई रषातलमा पु¥यायो । ढुुकुटी रित्यायो । तिर्नुपर्ने ठाउँ सबै बाँकी आउनुपर्ने ठाउँ कतै पनि छैन । त्यस्तो बनायो । अहिले नेपाली कांग्रेस र नेकपा एमाले दुई वटा प्रतिस्पर्धी भनिएका पार्टीहरू किन मिलेर जानुप¥यो । यसकारण कि देश साच्ची अप्ठ्यारोमा पर्यो । देशै रहन्छ कि रहदैन, प्रणाली नै रहन्छ कि रहदैन भन्ने स्थितिमा देश पुगिसक्यो । अनि अनेकथरि तत्वहरु यो देशमा तमासा गरेजस्तो भयो । यताबाट फुत्किएर एउटा झिल्केले चटकबाजी देखाउँछ, के–के भन्छ ? उफ्रिन्छ । मिडियाबाजी गर्छ, अनेक गर्छ । अर्कोतिरबाट अर्को निस्किन्छ । उ पनि त्यस्तै गर्छ । देश बनाउनु कुनै ख्यालठट्टाको कुरा हो र ? मजाकको कुरा हो र ? किन नेकपा एमाले र कांग्रेस एकठाउँमा बस्नुपर्यो भने देश र लोकतन्त्रलाई अप्ठ्यारोबाट मुक्त गर्दै लोकतन्त्रलाई सुदृढ बनाउन गठन भएको हो । सबैले सुन्नेगरी भन्छु । आजै ढल्छ, भोलि बिहान ढलेको हुन्छ भन्ने छाती पिटाइ र कपाल लुछाइको केही अर्थ छैन । सरकार ढल्छ भनेर आफ्नै छाती र कपाल लुछाई गर्ने विलौनाको केही अर्थ छैन । झन्डै दुईतिहाइका दुई पार्टीले संकल्प गरेका छन् । अब देशलाई यसप्रकारको खेलवाडबाट गुज्रन दिन सकिँदैन । अब देशलाई स्थायित्व र स्थिरता दिएर बलियो र विकसित बनाउने प्रतिबद्धता गरेका छौँ । यदि कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि मुलुकको विकास गर्न सकेन भने अनि विकल्प कहाँ रह्यो । त्यसपछिको निराशा भयानक हुन्छ ।

 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro