site stats
बाह्रखरी :: Baahrakhari
देश
रूपन्देही अदालतले पनि भन्यो– रविले कसुर नगरेको विश्वास गर्ने मनासिब आधार देखिएन

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग धरौटी माग गरेको छ । आइतबार न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासले लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग गरेको हो ।

धरौटीमा माग्दा अदालतले प्राप्त प्रमाणबाट लामिछानेले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने आधार नदेखिएको निष्कर्ष निकालेको छ । 

Argakhachi Cement Island Ad

"मिसिलमा संलग्न तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादी आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई यी प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ बमोजिम रु एक करोड नगद धरौट जेथा जमानत वा सर्तरहित (अन कन्डिसनल) बैंक ग्यारेन्टी दिएमा लिई तारेखमा राख्नू । सो बुझाउन नसकेमा कानुनबमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न स्थानीय कारागारमा पठाउनू," आदेशमा भनिएको छ ।

यसअघि, कास्की जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतले पनि सोही आधार देखाएर लामिछानेसँग धरौटी माग गरेका थिए ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १८:५७
प्रतिक्रिया दिनुहोस्