site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘मुगलान’को ५० वर्षपछि भट्टराईको ‘नयाँ मुगलान’ पाठकमाझ 

काठमाडौं । साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईद्वारा लिखित नवीन औपन्यासिककृति ‘नयाँ मुगलान’ सार्वजनिक गरिएको छ । उनको पहिलो उपन्यास ‘मुगलान’ ०३१ सालम प्रकाशित भएको थियो ।

शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रा. डा. अभि सुवेदीलगायत साहित्यकारले ‘नयाँ मुगलान’ लोकार्पण गरे । डा. सुवेदीले डा. भट्टराईको यो कृति एउटा गम्भीर उपन्यास भएको बताए ।

उपन्यासकार भट्टराईले हालको विषम परिस्थितिका कारण नयाँ उपन्यास ल्याएको सुनाए । आफूले यो उपन्यास सात दिनमै लेखेको उनले जानकारी गराए ।

कृतिमाथि पाठकीय टिप्पणी राख्दै प्रा. डा. कुमारप्रसाद कोइरालाले उपन्यासको शैली र शिल्पको चर्चा गरे । उनले देशको पीडाले यो उपन्यास लेखिएको बताए । यसलाई आफूले ‘काव्योपन्यास’ भन्न चाहेको उनले उल्लेख गरे ।

समालोचक महेश पौड्याल र उपन्यासकार जानुका खतिवडाले पाठकीय टिप्पणी राख्दै ‘नयाँ मुगलान’का विविध पक्षको चर्चा गरे । 

कार्यक्रममा साहित्यकार एलबी क्षेत्रीले देशका सबै सांसदलाई यो कृति पढ्न दिनुपर्ने बताए । पढेर उनीहरूले देशको दुर्गतिबारे थाहा पाउने क्षेत्रीको भनाइ थियो ।

पुस्तकको मूल्य ३७५ रुपैयाँ राखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro