देश

काठमाडौं । वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–२ की ४० वर्षीया लालीमाया दर्लामी छिन् ।
क्रोएसिया पठाइदिने भन्दै एक व्यक्तिबाट पाँच लाख ७५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उनीमाथि आरोप छ । शुक्रबार (हिजो) उनलाई काठमाडौं महानगरपालिका–९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले दर्लामीलाई पक्राउ गरेको हो । आवश्यक अनुसन्धान र कारबाहीका निम्ति उनलाई वैदेशिक रोजगार विभागमा पठाइएको उक्त कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, माघ १२, २०८१ १६:२४
प्रतिक्रिया दिनुहोस्