site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संगीत रोयल्टी नबुझाउने होटेलविरुद्ध प्रहरीमा उजुरी, १९ हजार चिठी काट्यौँ : अध्यक्ष

काठमाडौं । संगीत रोयल्टी संकलन समाज नेपालले रोयल्टी नबुझाउने होटेल तथा रेस्टुराँविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएको छ ।  

पटक–पटक ताकेता गर्दा पनि रोयल्टी नबुझाउने होटेल, रेस्टुराँ र क्याफेविरुद्ध उजुरी दिइएको संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारीले जानकारी दिए । 

विभिन्न म्याद राखेर तीनपटक रोयल्टी बुझाउन चिठी लेख्दा पनि अटेर गर्नेविरुद्ध उजुरी दिइएको उनले बताए । “धेरै क्षेत्रका कम्पनी, संस्था तथा व्यक्ति रोयल्टी बुझाउनुपर्छ भन्नेमा सचेत छैनन्,” अध्यक्ष अधिकारीले बाह्रखरीसँग भने, “हामीले १९ हजार चिठी काटेका छौँ । उजुरीका लागि परिपक्व भएका संस्थाविरुद्ध हाम्रो उजुरी क्रमैसँग जानेछ ।”

रोयल्टीको विषय नेपालमा अझै धेरैलाई बुझाउन बाँकी रहेको उनले बताए । सरकारलाई यसबारे धेरै जानकारी नभएको अवस्थामा अरू संस्था र व्यक्तिले नबुझ्नु स्वाभाविक रहेको उनको भनाइ छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं डीएसपी पूर्णिमा चन्दले समाजबाट उजुरी प्राप्त भएको पुष्टि गरिन् । “सामूहिक रूपमा उजुरी आएको छ, तर दर्ता भइसकेको छैन,” प्रवक्ता चन्दले भनिन्, “कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी छलफलमा छौँ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro