site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमसीसीमा धेरै विरोध भयो, राम्रो रहेछ भन्ने अहिले थाहा भयो : देउवा 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीको विरोध गर्नेहरूलाई समेत स्वीकार गरेपछि राम्रो रहेछ भन्ने थाहा भएको बताएका छन् । 

नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले गरेको नेपालको सन्दर्भमा वैदेशिक सहायताको उपयोगका विषयमा गरेको कार्यक्रममा सभापति देउवाले राजनीतिक दलहरूले गरेका विरोधले नेपालमा कस्तो ऋण लिने र कति लिने भन्ने सन्दर्भमा प्रस्टता ल्याउन सहयोग पुगेको बताए । 

“हाम्रो देश भारत र चीनको बीचमा छ । त्यहाँको नीतिको असर यहाँ देखिन सक्दछ । त्यसको फाइदा/बेफाइदा पनि हामीलाई समय अनुसार हुन सक्छ,” देउवाले भने, “एमसीसी पास गर्ने बेलामा हाम्रोमा धेरै ठूलो विरोध भयो । तर, पार्लियामेन्टले पास गरेपछि अहिले धेरैलाई थाहा भयो कि त्यो धेरै राम्रो प्रोजेक्ट रहेछ भन्ने ।” उनले त्यसलाई ऋणमा आएको हो भन्नेहरूले पनि अनुदान हो भन्ने अहिले थाहा पाइसकेको बताए । 

उनले नेपालले अहिलेसम्म धेरै ऋण वल्र्ड बैंक, एसियाली बैक, अन्तराष्ट्रिय मुद्रा कोष आइएमएफमार्फत लिएको बताए । उनले जाइकामार्फत जापान सरकारको ऋण लिएको भन्दै त्यो पनि अनुदानमा परिणत हुने गरेको बताए ।
 
उनले कांग्रेसको आर्थिक नीति तथा योजना विभागका प्रमुख प्रा.डा. गोविन्दराज पोखरेलले महत्त्वपूर्ण छलफल राखेको भन्दै यसले आफूसहित नेपालीहरूलाई धेरै कुरा बुझ्न सहयोग पुगेको बताए ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro