site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लेखा समितिका सभापतिले राजीनामा नदिए संसद् बहिष्कार गर्नेसम्मको चेतावनी

काठमाडौं । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेलले राजीनामा नदिए संसद् बहिष्कार गर्नेसम्मको चेतावनी प्रतिपक्षी दलका सांसदहरूले दिएका छन् ।

संसदीय पद्धतिमा लेखा समिति सभापति विपक्षी दललाई प्रचलनविपरीत निरन्तर रहेको र सभापति पत्नी सहकारी प्रकरणमा मुछिएको हुँदा राजीनामा मगिएको हो ।

लेखा समिति सदस्य माओवादी सांसद अमनलाल माेदीले भने, "प्रधानमन्त्री र लेखा समिति सभापति एकै दलको हुनुहुँदैन भन्ने मान्यता पालना हुनुपर्छ । सभापतिले मार्ग प्रशस्त गर्नुस् भनिरहेका छाैँ र भनिरहन्छाैँ पनि ।"

मोदीले राजीनामा नदिए आउँदो हिउँदे अधिवेशन बहिष्कारसम्म गर्न सक्ने चेतावनी दिए । संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

लेखा समितिको बैठकमा पोखरेलको राजीनामाको माग निरन्तर छ । लेखा समितिको बुधबारको बैठकमा सिमेन्ट उत्पादन तथा बजारमूल्यबारे छलफल गर्ने एजेन्डा थियो । तर, राजीनामाको माग माओवादी ‍सांसदहरूले छाडेका छैनन् ।

 

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro