site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
नेतान्याहूले सेनालाई भने– बन्धकको नाम उपलब्ध नगराएसम्म युद्धविराम नगर 

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासले रिहा गर्नुपर्ने बन्धकहरूको नाम उपलब्ध नगराएसम्म गाजामा युद्धविराम ढिलाइ हुने बताएका छन् ।

प्रधानमन्त्री नेतान्याहूको कार्यालयले एक विज्ञप्ति जारी गर्दै इजरायल रक्षा बल (आईडीएफ)लाई युद्धविराम सुरु नगर्न आग्रह गरेको बताएको छ । 

युद्धविराम स्थानीय समय अनुसार बिहान ८ः३० बजेबाट सुरु हुने भनिएको थियो । हमासले रिहा गर्ने बन्धकहरुको नाम सार्वजनिक गर्नमा ढिलाइ ‘जमिनमा प्राविधिक कारणले’ भइरहेको बताएको छ ।

इजरायली प्रधानमन्त्रीले यसअघि गाजा युद्धविराम सम्झौताको पहिलो चरण ‘अस्थायी युद्धविराम’ भएको र यदि सम्झौता भंग भयो भने इजरायललाई युद्ध जारी राख्ने अधिकार रहेको बताइसकेका छन् । यसमा अमेरिकाको समर्थन पनि रहेको चेतावनी उनले दिएका थिए ।

युद्धविराम सुरु हुन अब थोरै समय मात्र बाँकी छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयका अनुसार इजरायल अझै पनि रिहा हुने तीन बन्धकहरूको नाम पर्खिरहेको छ ।

युद्धविराम सम्झौताअनुसार बन्धक आदानप्रदान हुनुभन्दा कम्तीमा २४ घन्टाअघि नाम सार्वजनिक गर्नुपर्नेछ ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro