site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेसलाई अधिकारसम्पन्न बनाउन अझै संघर्ष जरुरी : मुख्यमन्त्री सिंह

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेसलाई अधिकारसम्पन्न बनाउन अझै संघर्ष जरुरी रहेको बताएका छन् ।

१८औँ ‘बलिदानी दिवस’का अवसरमा शनिबार जनकपुरमा आयोजित एक कार्यक्रममा उनले मधेस आन्दोलनको बलमा मुलुकले संघीयता पाएको जिकिर गरे । बाँकी अधिकार प्राप्तिका निम्ति अझै संघर्ष जरुरी रहेकामा उनले जोड दिए ।

प्राप्त उपलब्धिलाई संस्थागत गर्दै चरणबद्ध रूपमा बाँकी अधिकारका निम्ति संघर्ष गर्नुपर्ने उनले बताए ।

मुख्यमन्त्री सिंहले मधेस आन्दोलनको बलमा मुलुक संघीयतामा प्रवेश गरे पनि प्रहरी प्रशासन र ठूलठूला काम गर्न संघकै मुख ताक्नुपर्ने बाध्यताका कारण समस्या सिर्जना भइरहेको गुनासो गरे ।

उनले सहिदका परिवारको सम्मानमा प्रदेश सरकारले कुनै कमी नराख्ने प्रतिबद्धता जनाए । सहिद परिवारका निम्ति रोजगारीको सिर्जना गर्न कानुनै बनाएर अगाडि बढ्ने उनले उल्लेख गरे । हिमालयन टेली भ्वाइस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro