site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिड्नीको रातोघरमा शिव र करणको सांगीतिक प्रस्तुति

सिड्नी । लोकप्रिय गायक शिव परियार र नेपाल आइडलका विजेता प्रतिभाशाली कलाकार करण परियारले सिड्नीमा आफ्नो प्रस्तुति दिने भएका छन् । 

पाल्पा इन्टरटेन्टमेन्ट्सको आयोजनामा आउँदो फेब्रुअरी १४ तारिखमा सिड्नीको ग्रानभिलस्थित रातोघरमा उनीहरूले विशेष प्रस्तुति दिने आयोजक सुवास थापाले बताएका छन् ।  

दर्जनौँ हिट गीत पस्केका शिव परियार र युवा गायक करणको विशेष प्रस्तुतिले सिड्नी एकपटक फेरि घन्किने भएको छ । साथमा नेपाल आइडलकी फर्स्ट रनर अप सलोमी गुरुङ र झरना रिसालको प्रस्तुति पनि रहनेछ । 

‘पिलायो साथीले’, ‘नभेटी नभेटी’, ‘आँसुको अर्थ’जस्ता कालजयी गीत पस्केका शिव नेपाली गीत–संगीतका अलग र फरक धारका स्वादिला गायकका रूपमा चिनिन्छन् । 

यस्तै, नेपाल आइडलमार्फत उदाएका करण परियारको विशेष प्रस्तुति कार्यक्रमको अर्को महत्त्वपूर्ण पाटो रहेको छ । आइडलबाटै उदाएका बर्दियाका यी युवकको संघर्ष र गायनको रोचक र चाखलाग्दो विशेषता रहेको छ ।

‘‘हामीले यसपटक दर्शकदीर्घाको सांगीतिक स्वादलाई विशेष ध्यान दिएर नेपाल आइडल विथ शिव परियार कार्यक्रम आयोजना गर्न लागेका हौँ,’’ आयोजक सुवासले सुनाए । 

कार्यक्रमलाई एटुजेड क्लिनिङ सप्लाईले मुख्य प्रायोजन गर्ने भएको छ भने एक्सप्रेस एयरकन्डेसनिङको विशेष सहयोग रहेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro