site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अर्धवार्षिक अवधिमा पनि सन्तोषजनक काम भएन : मुख्यमन्त्री कार्की

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अर्धवार्षिक अवधिमा प्रदेश सरकारको काम सन्तोषजनक नभएको बताएका छन् ।

शुक्रबार प्रदेश सरकारको अर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक समीक्षा कार्यक्रममा सहमतिका लागि गएका फाइलहरू मन्त्रालयमा अड्किँदा काममा ढिलाइ भएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले भने, "जेठ १५ गतेभित्र अन्तर्क्रिया र गोष्ठी जस्ता कार्यक्रमहरू सक्नुपर्छ । जेठ अन्तिम लागेपछि कार्यक्रममै पुग्न हैरानी हुन्छ । दिनमा तीन चारवटा कार्यक्रम हुन्छन् । त्यसले नतिजा पनि दिएको छैन । र जनताले पनि पचाएका छैनन् ।"  

एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सहमतिका लागि गएको फाइल दुईदेखि पाँच दिनभित्र टुंग्याउन निर्देशन दिए ।

कम्तीमा हप्तामा तीनदेखि चार दिन मन्त्री र सचिवलाई सँगै बसेर मन्त्रालयको काम गर्न आग्रह गर्दै भने, "पर्फमेन्स देखाउँ र प्रभावकारी रूपमा काम गरौँ । मुख्यमन्त्री हाम्रो नीति, कार्यक्रम तथा बजेट खर्चको अवस्था अहिलेसम्म सन्तोषजनक छैन ।" सरकारले गरेका सन्धी, सम्झौता, दिगो विकासका लक्ष्य लगायतलाई ध्यान दिएर मानवीय विकासमा काम गर्नपर्ने अवस्था रहेको सुनाए ।‌

आगामी माघ ७ गतेदेखि सुरु हुने प्रदेशसभाको अधिवेशनमा नयाँ विधेयक र संसोधन गर्नुपर्ने ऐन पनि छिटो पेस गर्ने गरी तयारी रहेको बताए । प्रदेशसभामा मन्त्रालयका विषयमा उठेका विषयहरू सम्बन्धित मन्त्रीले ढिलोमा एक हप्ताभित्र जवाफ दिने गरी तयारी गर्न आग्रह गरे । "२०७७ सालपछिको सबै भन्दा प्रभावकारी र राम्रो यही अधिवेशन हुनेछ । त्यसतर्फ लागौँ, " उनले भने ।

प्रमुख सचिव केदारनाथ शर्माले मन्त्रालयहरूले समयसीमाअनुसार काम गर्नुपर्नेमा जोड दिए ।‌ "एकैपटक नियमावली र कार्यविधि ल्याएर काम गर्ने कुरा ठिक भएन, पुँजीगत खर्च कसरी बढाउन सकिन्छ त्यसमा लाग्नुपर्छ," उनले भने ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  २२:२०
प्रतिक्रिया दिनुहोस्