site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
दाहालको कविताकृति ‘हिँड्न बाँकी बाटाहरू’ माथि विमर्श

काठमाडौं । कवि अर्जुनबाबु दाहालको कविताकृति ‘हिँड्न बाँकी बाटाहरू’माथि विमर्श सम्पन्न भएको छ ।

बुधबार काठमाडौंमा कलमका साथी अभियानले आयोजना गरेको विमर्श कार्यक्रममा साहित्यकार भारती न्यौपानेले पाठकीय टिप्पणी राख्दै अर्जुनबाबुका कविताहरू अग्र्यानिक स्वादको रहेको बताइन् । कविता पढ्दै जाँदा आफू बारम्बार आफ्नो गाउँ र खेतबारी पुगेको, आमाको काखमा लुटपुटिएको स्मरण गर्दै यस कविताकृतिभित्र पाठकले माटोको सुगन्ध भेट्ने चर्चा गरिन् ।

अर्का समीक्षक चन्द्र ढकालले कृतिभित्रका ५६ वटा कविताहरूको सार नै जीवनवादी रहेको उल्लेख गरे । उनले अर्जुनबाबुका कविताका वस्तु, शिल्प र मूल्य मान्यतालाई समीक्षात्मक दृष्टिकोणबाट टिप्पणी गरे ।

निमग्ना घिमिरे, हेम भण्डारी, पुरु लम्साल, नवराज लम्साल र युवराज नयाँघरेले पनि आफ्नो विचार व्यक्त गरे ।

कार्यक्रममा कवि दाहाल, शोभा शरभ, अनिता कोइराला र कलमका साथीकी संयोजक साहित्यकार गीता रेग्मीले बोलेका थिए ।
  
 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १३:४७
प्रतिक्रिया दिनुहोस्