site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अरुण चौधरीको सांसद पद जोगियो, रिट खारेज
फाइल तस्बिर ।

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको पद जोगिएको छ । कैलाली घटनामा संलग्न व्यक्ति प्रतिनिधिसभा सदस्यका लागि अयोग्य भएको भन्दै परेको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरिदिएको हो । रिट खारेजीसँगै उनको सांसद पद कायम रहने भएको छ ।

सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र डा. मनोजकुमार शर्माको इजलासले रिट निवेदकले चौधरीको योग्यतामा प्रश्न उठाउने अन्य विकल्प हुँदाहुँदै सर्वोच्च आएको कारण चौधरी प्रतिनिधिसभा सदस्यका लागि अयोग्य हुन् भन्ने अवस्था नरहने भन्दै रिट खारेज गरिदिएको हो ।

उनको पद नगएको फैसलाको संक्षिप्त पाठ सार्वजनिक भएको छ । पूर्णपाठ भने पछि सार्वजनिक हुनेछ ।

चौधरीविरुद्ध अधिवक्ता बसन्त जोशीले ०७९ चैत १७ मा रिट दायर गरेका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro