site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछानेको थुनछेक बहस जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा आइतबार नै बयान सकिएपछि थुनछेक बहसका निम्ति उनलाई प्रहरीले सोमबार काठमाडौं अदालतमा उपस्थित गराएको हो ।

लामिछानेलाई अदालतमा उपस्थित गराइएसँगै थुनछेक बहस समेत सुरु भएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन आरोपमा लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । उक्त सहकारीबाट अपचलन भएको रकमसहित एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते धरौटीमा रिहा भएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  ११:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro