राजनीति
काठमाडौं । केहीअघि मात्रै एमालेको निष्कासनमा परेका पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले अध्यादेशतन्त्र निरंकुशतन्त्रको अर्को रूप भएको बताएका छन् ।
सरकारले संसद बैठक नबोलाएर अध्यादेश ल्याउन लागेको चर्चा भइरहेका बेला रावलले सामाजिक सञ्जालमार्फत विरोध जनाएका हुन् ।
एमालेले निष्कासन गरेपछिको पत्रकार सम्मेलनमा झैँ रावलले प्रश्नात्मक शैलीमा भनेका छन्, ‘‘दीर्घकालिन राजनीतिक र आर्थिक प्रभाव पार्ने कानुन संसद छलेर ल्याउनु केपी ओलीको निरंकुश, स्वेच्छाचारी र सत्ताउन्मादी चरित्रकै द्योतक होइन र ?
प्रकाशित मिति: आइतबार, पुस २८, २०८१ ११:१७
प्रतिक्रिया दिनुहोस्