काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई अरु नेताहरूको कार्यविभाजन गर्दा जिम्मेवारी दिने भएको छ । केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नको जवाफ दिँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पुनकै चाहनामा आमन्त्रित सदस्यका रूपमा बैठकमा बोलाइएको प्रष्टिकरण दिए ।
उनले पुरानालाई पार्टीले सक्रिय नबनाएको समेत बताएका छन् । पुनलाई बैठकमा सहभागी गराइएपछि माओवादीका नेताहरूले असन्तुष्टि व्यक्त गरेका थिए । पूर्वराष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्कन नहुने आवाज माओवादीभित्र उठेको छ ।
प्रचण्डले आठौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक एकता र विजयको भएको बताए । प्रचण्डले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर यसले विजयको आधार तयार गरेको बताए । बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिको लागि कोसेढुंगा बन्ने र यसले निरन्तरतामा क्रम भंग गरेको भनाइ उनको छ ।