देश
काठमाडौं । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले हालसम्म भूकम्पबाट क्षतिको विवरण आइनसकेको बताएको छ ।
“गाउँगाउँसम्म प्रहरी परिचालन भइसकेको छ । अहिलेसम्म क्षतिको विवरण आएको छैन,” जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक लक्ष्मण गिरीले बाह्रखरीसँग भने, “जनप्रतिनिधि र प्रहरी परिचालन भएको छ । तर, अहिलेसम्म मानवीय र भौतिक क्षतिको विवरण आएको छैन ।”
बिहान ६ बजेर ५० मिनेटमा गएको भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
तिब्बतको दिंगी केन्द्रबिन्दु बनाएर गएको भूकम्प सगरमाथाबाट करिब ९० किलोमिटर उत्तर केन्द्रविन्दु रहेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१ ०७:५९
प्रतिक्रिया दिनुहोस्