site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
इजरायल–प्यालेस्टाइन समस्या समाधान गर्न ‘दुई राज्य’को प्रस्तावलाई समर्थन : ओली 

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले इजरायल–प्यालेस्टाइनबीचको समस्या समाधान गर्न ‘दुई राज्य समाधान’ प्रस्तावलाई समर्थन गर्ने बताएका छन् । आइतबारदेखि च्यासलमा सुरु पार्टीको केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले उक्त प्रस्तावलाई समर्थन गर्ने जनाएका हुन् ।

“प्यालेस्टाइनी जनताको स्वतन्त्र र सार्वभौम राज्यको मागप्रति हाम्रो निरन्तर समर्थन रहँदै आएको छ । स्वीकृत अन्तर्राष्ट्रिय सीमाभित्र इजरायल र प्यालेस्टाइन शान्तिपूर्वक रहन पाउनुपर्छ भन्ने संयुक्त राष्ट्रसंघको ‘दुई राज्य समाधान’को प्रस्तावलाई हामी समर्थन गर्छौँ,” ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

‘दुई राज्य समाधान’ विकल्पको कार्यान्वयनबाट मात्र त्यस क्षेत्रमा दिगो शान्ति कायम हुन सक्ने विश्वास उनले व्यक्त गरेका छन् ।

जुनसुकै स्वरूप, आवरण र नाममा गरिने आतंकवादी क्रियाकलापको एमालेले दृढ विरोध गर्ने उनले जनाएका छन् । “हामी त्यस क्षेत्रमा तत्काल युद्धविराम गर्न, नेपाली युवा विपीन जोशीसहित सबै बन्धकहरू रिहा गर्न, मानवीय सहायताको आपूर्तिलाई निर्बाध सञ्चालन गर्न र हत्याहिंसाको अमानवीय शृंखला तत्काल अन्त्य गर्न माग गर्दछौँ,” ओलीले राजनीतिक प्रतिवेदनमा भनेका छन् ।

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro