site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘एक्टर’को गीतमा त्रिकोणात्मक प्रेम कथा
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रदीप खड्का स्टारर चलचित्र ‘एक्टर’को गीत सार्वजनिक भएको छ । ‘के भरोसा गरम...’ बोलको गीतमा  हर्कुलस बस्नेत र इन्दिरा जोशीका स्वर छ । उर्मिला गुरुङको शब्दरचना रहेको गीतमा हर्कुलसको संगीत छ ।

गीतमा त्रिकोणात्मक प्रेम कथा देखाइएको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का, आना शर्मा र दिव्या रायमाझी छन् । 

चलचित्र ‘एक्टर’लाई राजन भुसालले निर्देशन गरेका छन् । स्क्रिप्ट आकाश बराल र राजन भुसालको छ । 

माघ २६ गते रिलिज हुने चलचित्रमा प्रदीप, आना र दिव्यासँगै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायत कलाकारको प्रमुख भूमिका छ । 

निर्माता थमन कुमार भण्डारी, सह–निर्माता अनीश भुसाल र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन् ।

नरेन्द्र मैनालीले छायांकन गरेको यो चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  ०९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro