site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वर्ष २०२४ : हसिना र असदको पतनदेखि ट्रम्पको ह्वाइट हाउस फिर्ती

काठमाडौं । सन् २०२४ मा विश्वभर विभिन्न घटना भए । तीमध्ये केही घटना भने इतिहासमा सम्झनलायक छन् ।

असदको पतन
सिरियामा लामो समयदेखि शासन चलाइरहेका बसर अल असदको शासनसत्ता एकाएक ढल्यो । १३ वर्षदेखि असदसँग लडिरहेको शक्ति एकाएक सिरियाको राजधानी दमास्कस छिर्‍यो र असदको वर्षौं लामो शासन समाप्त पार्‍यो । १३ वर्षदेखि असदसँग लडिरहेका विद्रोहीले ११ दिनमा राजधानीमा कब्जा जमाए । असद सिरिया छाडेर रुसमा शरण लिन पुगे ।

Siriya-rastapati-1733634562.JPG
दक्षिण कोरियाको राजनीतिक उथलपुथल
३ डिसेम्बरको राति दक्षिण कोरियाका राष्ट्रपति युन सुक यउले देशमा ‘मार्सल ल’ अर्थात् सैन्य शासन घोषणा गरे । देशमा ‘राज्य विरोधी शक्ति’ सक्रिय भएका दाबी गर्दै उनले मार्सल ल लगाउनु परेको दाबी गरे ।

Dabur Nepal
NIC Asia

त्यसपछि उनको विरोध सुरु भयो । उनीमाथि महाअभियोग प्रस्ताव लाग्यो । उनको स्थानमा प्रधानमन्त्री कार्यवाहक राष्ट्रपति भए । कार्यवाहक राष्ट्रपतिमाथि पनि महाअभियोग प्रस्ताव दर्ता भयो । हाल युन सुकविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

रुस–युक्रेन युद्ध
सन् २०२२ मा रुसले युक्रनेमाथि आक्रमण गरेको थियो । सन् २०२४ सम्म आइपुग्दा पनि यो युद्ध समाप्त भएन । रुसले युक्रेनी भू–भागमाथिको कब्जा सन् २०२४ भर जारी राख्यो । विश्व समुदायले अनेक प्रयास गर्दा पनि युद्ध रोकिएन । यस वर्षको अन्ततिर रुसलाई सघाउन भनेर उत्तर कोरियाली सैनिक पनि युद्धमा होमिएका छन् ।

Ukrin_Russia-War-1702644951.JPG
हमास–इजरायल आक्रमण
७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गरेको थियो । त्यसको बदलामा इजरायलले हमासको केन्द्र गाजामाथि आक्रमण सुरु गर्‍यो । इजरायली आक्रमणमा ४५ हजार मानिस मरिसकेको विवरण छ । तर, यो युद्ध रोकिएन । कतिसम्म भने इजरायलले लेबनानमा रहेको हिजबुल्लाहले बोक्ने पेजर र वाकीटाकी समेत विस्फोट गरायो ।

gaja1-1722085477.jpg
हमासका प्रमुख व्यक्ति पनि इजरायली आक्रमणमा मारिए । इजरायल–हमास युद्धमा इरानको पनि प्रवेश भयो । इरानले इजरायलमाथि आक्रमण गर्‍यो । जवाफमा इजरायलले पनि इरानमाथि आक्रमण गर्‍यो ।

ट्रम्पको ह्वाइट हाउस फिर्ती
सन् २०२० को राष्ट्रपतीय चुनाव हारेका डोनाल्ड ट्रम्प यसपटक भने चुनाव जित्न सफल भए । अमेरिकी राष्ट्रपतिका रूपमा उनको पुनरागमनलाई विश्वले निकै नजिकबाट नियाल्यो । चुनावी अभियानका क्रममा उनीमाथि गोली प्रहार पनि भयो । उनको समर्थनमा विश्वकै धनी व्यक्ति तथा सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्क उभिए ।

Trump-1726470425.JPG
हसिनाको पतन
आरक्षणमाथि भएको राजनीतिका विरोधमा सुरु भएको विद्यार्थी आन्दोलनले उग्ररुप लिँदा बंगलादेशको शासन सत्ताबाट शेख हसिना च्युत हुनुपर्‍यो । विद्यार्थी आन्दोलनको लहर थाम्न नसकेपछि ५ अगस्टमा शरण माग्दै हसिना भारत पुगिन् । यतिखेर हसिना भारतमा शरण लिएर बसिरहेकी छन् । हसिनालाई देश छाड्न बाध्य पार्ने आन्दोलनका क्रममा ६५० जनाभन्दा बढीको मृत्यु भयो ।

Hasina-1729530503.png
हसिनाले भारतमा शरण लिएको यो पहिलोपटक भने होइन । सन् १९७५ हसिनाका बुबा शेख मुजिबको हत्या भएपछि पनि उनले भारतमा शरण लिएकी थिइन् ।

श्रीलंकामा सत्ता परिवर्तन
आर्थिक संकट, बेरोजगारी र महंगीले सताएपछि श्रीलंकाका जनता सडकमा ओर्लिए । जनलहर थाम्न नसकेपछि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाड्न बाध्य भए । यही वर्ष श्रीलंकामा चुनाव भएर नयाँ सरकार बनेको छ ।

विमान दुर्घना
यस वर्ष लगातार विमान दुर्घटनाका घटना भए । यही साताको सुरुआतमा दक्षिण कोरियामा विमान दुर्घटना भयो । यो दुर्घटनामा १७९ जनाले ज्यान गुमाए । काजकिस्तानमा अजबरैजान एअरलाइन्सको विमान दुर्घटना भयो । अजरबैजान एअरलाइन्सको विमान भने रुसी आर्मीले खसाएको बताइन्छ । यस घटनाका लागि रुसी राष्ट्रपति भ्लाल्दमिर पुटिनले अजरबैजानसँग माफी पनि मागेका छन् ।

Korean-plane-crash-1735469681.JPG
मस्को आक्रमण
मार्च २२ मा रुसको राजधानी मस्कोस्थित एउटा कन्र्सट हलमा अन्धाधुन्द गोली चल्यो । यो घटनामा १५४ जनाको मृत्यु भयो र पाँच सयभन्दा बढी घाइते भए । रुसले यो घटनालाई आतंकवादी हमला भनिरहेको छ ।

चुनावै चुनावको वर्ष
सन् २०२४ विश्वभर चुनावका लागि सुपर वर्ष रह्यो । यस वर्ष विश्वभरका ८० देशमा चुनाव भयो । चुनावका क्रममा कतिपय देशमा हिंसा भयो कतिपय देशमा चुनावले राजनीतिक उथलपथुल निम्त्यायो ।

चुनावी अभियानका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि हमला भयो । यद्यपि, ट्रम्पले चुनाव जिते ।

चुनावकै दौरान मेक्सिकोमा इतिहासकै सबैभन्दा ठूलो हिंसा भयो । मेक्सिकोमा ३७ जना उमेदवारको हत्या भयो । यो हिंसाका बाबजुद मेक्सिकोले पहिलो महिला राष्ट्रपति क्लाउडिया शीनबाम पायो ।

Election-1735131169.jpg
भारत र दक्षिण अफ्रिका जस्ता देशमा लामो समयदेखि शासन गरिरहेका पार्टीले आफ्नो सत्ता जोगाए तर, बहुमत गुमाए  । २०२४ मा युरोपका कयौँ स्थानमा दक्षिणपन्थी पार्टीले जित हासिल गरे । जर्मनी, फ्रान्स, अष्ट्रिया, युरोपियन संसद्, रोमानियामा दक्षिणपन्थी शक्ति बलिया भए । रोमानियामा राष्ट्रपति चुनाव फेरि हुँदै छ । रोमानियाको चुनावमा रुस र टिकटकले चुनावमा हस्तक्षेप गरेको आरोप छ ।

सन् २०२४ मा लोकतन्त्र, चुनाव ब्यालेट बक्सम मात्र होइन सडकमा पनि देखियो । श्रीलंका, बंगलादेश र सिरिया यसका उदाहरण हुन् । “लोकतन्त्रलाई चुनौती दिनेहरूका लागि सबैभन्दा राम्रो जवाफ अझ बढी लोकतन्त्र हो,” कर्नेल विश्वविद्यालयको २०२४ को ग्लोबल डेमोक्रेसी रिपोर्टमा लेखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro