site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीवाईडीमा दश लाख कर्मचारी, आरएन्डडीमा अन्य कम्पनीमा भन्दा बढी

काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता बीवाईडीले आफ्ना कर्मचारीको संख्या दश लाख पुगेको बताएको छ । बीवाईडीका संस्थापक एवं अध्यक्ष वाङ चुआनफुले यस्तो बताएका हुन् ।

उनले बीवाईडीसँग एक लाख दश हजार इन्जिनियर र ११ वटा प्रमुख अध्ययन संस्थान रहेको बताएका छन् ।

चाइना सेन्ट्रल टेलिभिजनले आयोजना गरेको पहिलो इन्नोभेसन एन्ड टेक्नोलोजी फेस्टिभलमा उनले यस्तो दाबी गरेका हुन् । बीवाईडीले रिसर्च एन्ड डेभलपमेन्ट (आरएन्डडी)मा अन्य अटो निर्माता कम्पनीभन्दा उच्च कर्मचारी रहेको बताएका छन् ।

सन् २०११ मा बीवाईडीमा २० हजार इन्जिनियर रहेको बताइएको छ । हाल त्यो संख्या एक लाख दश हजार पुगेको हो ।

सन् २०२२ मा कम्पनीमा कुल कर्मचारी पाँच लाख ७० हजार रहेकोमा हाल करिब दश लाख पुगेको बीवाईडीका अध्यक्ष वाङ चुआनफुले बताएका हुन् ।

कम्पनीले पछिल्लो तीन वर्षमा ५० हजार कलेज ग्र्याजुएटलाई रोजगारी दिएको जनाएको छ । जसमा बढीजसो मास्टर्स र पीएचडी गरेका विद्यार्थी थिए । उनीहरूमध्ये ८० प्रतिशत आरएन्डडीतर्फ कार्यरत छन् ।

कम्पनीले सन् २०२४ को बिक्री ३६ लाखको लक्ष्यभन्दा बढी ४२ लाख ७० हजार पुग्ने बताएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro