site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसको महाधिवेशन ०८४ को निर्वाचनपछि गर्दा उपयुक्त हुन्छ : शशांक कोइराला
फाइल तस्बिर ।

चितवन । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन आमनिर्वाचनपछि गर्दा उपयुक्त हुने बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले आमनिर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त नहुने बताए ।

“विसं २०८४ मा आम निर्वाचन हुनेछ । त्यसको दुई वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने हो । होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ,” उनले भने । 

निर्धारित समयमा अधिवेशन गराउँदा पार्टीभित्रको असन्तुष्टि हराएर जाने उनको तर्क छ । उनले निर्वाचनको मुखमा महाधिवेशन गराउँदा पार्टीभित्रको तिक्तता आम निर्वाचनमा पर्ने बताए ।

“कोइराला परिवार एक होइन, विचार एक हुनुपर्‍यो । विचार एक भए हुन्छ,” उनले भने ।

महाधिवेशनका लागि आफ्नो स्पष्ट खाका रहेको बताउँदै उनले पार्टीलाई एक ढिक्का बनाउने, पार्टीभित्रको गुटउपगुट अन्त्य गर्नुपर्ने, भ्रातृ संस्थालाई दुरुस्त राख्ने र कसैलाई काखापाखा नगर्ने नेतृत्व आवश्यक रहेको बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro