site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । दुई सडक निर्माण गर्ने क्रममा उनीहरूले ३५ लाख ३९ हजार ३३१ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्तिमा अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, इन्जिनियर नवीन थापा, सबइन्जिनियर सूर्यप्रसाद पौडेल छन् ।

यस्तै, सदरमुकाम व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद काफ्ले, कोषाध्यक्ष हिमकुमारी केसी, अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम, तत्कालीन इन्जिनियर सुदीप आचार्य, तल्लो बजार नाली तथा ढलान सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मंगलदेवी थापामगर, सचिव विष्णुकुमारी विक र कोषाध्यक्ष एकनारायण देवकोटाविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७५/०७६ र २०७६/७७ मा अर्जुनचौपारी गाउँपालिका–१ मा स्थानीय बजार क्षेत्रको ढलान बाटोमा गुणस्तरहीन कार्य गरेको भन्ने उजुरीपछि अख्तियारले उनीहरूमाथि अनुसन्धान थालेको थियो ।

उनीहरूले दुई सडक निर्माण गर्दा ३५ लाख ३९ हजार ३३१ रुपैयाँबराबरको गुणस्तरहीन काम गरेको पाइएको अख्तियारद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १४:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro