site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
सन् २०२५ मा नांगो आँखाले देख्न सकिने केही खगोलीय घटना

काठमाडौं । आकाशमा बेलाबेला फरक र रोमाञ्चक घटना हुने गर्छ । विगतमा झैँ सन् २०२५ मा पनि खगोलीय घटना हेर्न रुचाउनेले त्यो अवसर प्राप्त गर्नेछन् । यस्ता घटनामा चन्द्रमाले छोपिएको चम्किलो मंगल ग्रह, निकै धेरै चम्किलो शुक्र, सूर्यग्रहण, उल्का वर्षालगायत गतिविधि हुनेछन् ।

यी घटना नांगो आँखाले नै देख्न सकिन्छ । तर, दूरबिन वा सामान्य टेलिस्कोपले झन् राम्रो देखाउने अपेक्षा गरिएको छ ।

जनवरी ३ को उल्का वर्षा
आउँदो जनवरी ३ को राति क्वाड्रन्टिड उल्का वर्षा हुनेछ । जाडोयाममा हुने हुँदा उत्तरी गोलार्धका स्काइवाचर्सले बेवास्ता गर्ने क्वाड्रन्टिड उल्का वर्षाका क्रममा प्रतिघण्टा १२० भन्दा बढी तारा खसेको देखिने बताइएको छ । आकाश सफा रहेमा यो राम्रो अनुभव हुने ठानिएको छ ।

Dabur Nepal

मंगल र पूर्ण चन्द्रमा
सोही जनवरीभरि मंगल ग्रह निकै चम्किलो देखिनेछ । उक्त अवधिमा चन्द्रमा मंगल ग्रहको नजिक देखिनेछ । तर, खासगरी उत्तरी अमेरिकाबाट पूर्ण चन्द्रमाको पछाडि रातो मंगल ग्रह हराएको देखिने बताइएको छ । यो घटना जनवरी १३ को राति हुनेछ ।

पृथ्वीको सबैभन्दा नजिक चन्द्रमा
जनवरी १५ मा मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक आइपुग्नेछ । यो घटना हरेक २६ महिनामा हुन्छ । सूर्यको परिक्रमा गर्ने क्रममा आफ्नो एक चक्र पूरा गर्दा पुग्ने यो विन्दुलाई ‘अप्पोजिसन’ पनि भनिन्छ । यो दिन पृथ्वी मंगल ग्रह र सूर्यको बीचमा पर्छ ।

अत्यधिक उज्यालोमा शुक्र
आउँदो फेब्रुअरी १९ को दिन साँझको तारा अथवा शुक्र ग्रह पृथ्वीको सबैभन्दा नजिक हुनेछ । यो दिन पातलो अर्धचन्द्राकार आकारमा शुक्र ग्रह चम्किलो अवस्थामा देखिनेछ ।

लिरिड उल्का वर्षा
अप्रिल २१ र २२ को राति लिरिड उल्का वर्षा देख्न सकिनेछ । यो उल्का वर्षाका क्रममा प्रतिघण्टा १० देखि २० तारा खसेको देखिनेछ । भित्री सौर्यमण्डलमा सी/१८६२ जी१ धूमकेतु (कमेट)ले छाडेको धुलो र टुक्राले यो उल्का वर्षा गराउने भएको हो ।

एटा अक्वैरिड्स उल्का वर्षा
हेलिज धूमकेतुले छाडेको धुलो तथा कणका कारण मे ६ र ७ को राति एटा अक्वैरिड्स उल्का वर्षा हुने भएको छ । यसमा दक्षिणी गोलार्धमा प्रतिघण्टा ६० तारा खसेजस्तो देखिनेछ । उत्तरी गोलार्धबाट यो केही कम देखिनेछ । सन् १९८६ मा सौर्यमण्डलको भित्री भागमा देखिएको हेलिज धूमकेतु फेरि २०६१ मा देखा पर्ने अपेक्षा गरिएको छ ।

यसबाहेक सन् २०२५ जुलाई २० को बिहान चन्द्रमा एक हजारभन्दा बढी ताराको समूह प्लेइडिजसँग देखिनेछ । यस्तै, जुलाई २८ र २९ को राति डल्टा एक्वेरिड उल्का वर्षा, अगस्ट १२ मा शुक्र र वृहस्पतिको संयोजनजस्ता घटना हेर्न सकिनेछ ।

२०२५ कै अक्टोबर ७, नोभेम्बर ५ र डिसेम्बर ४ मा गरी तीनपटक ‘सुपरमुन’ देख्न सकिनेछ । परिक्रमाका क्रममा पृथ्वीको नजिक पुगेर पूर्ण रूपमा सामान्य दिनभन्दा ठूलो देखिने बेलाको चन्द्रमालाई सुपरमुन भनिन्छ । स्पेसडटकमबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro