प्रविधि
काठमाडौं । विश्वकै धनाढ्य एलन मस्कको कम्पनी स्टारलिंकले युक्रेनमा डाइरेक्ट–टू–सेल फोन सेवा उपलब्ध गराउने भएको छ । यसका लागि युक्रेनको प्रमुख मोबाइल अपरेटर किभस्टारले स्टारलिंकसँग सम्झौता गरेको हो ।
स्टारलिंकले स्याटेलाइटबाट सोझै फोनमा सिग्नल पठाउने प्रविधिको सेवा सुरु गर्ने युक्रेन विश्वकै प्रमुखमध्येको देश बन्ने भएको छ ।
युक्रेनले आफ्नो दूरसञ्चार पूर्वाधारलाई रुसी आक्रमणका पहुँचबाट पर राख्ने उद्देश्यले समेत यो सेवा सुरु गर्न खोजेको हो ।
किभस्टारले सन् २०२५ को अन्त्यसम्म स्याटेलाइटमा आधारित म्यासेज र त्यसपछि भ्वाइस एवं डाटा सेवा उपलब्ध गराउने भएको छ ।
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१ १७:४४
प्रतिक्रिया दिनुहोस्